दफा २०
मुद्दा दायर सम्बन्धी व्यवस्थाः
(१) यस ऐन बमोजिमको कसूरको अनुसन्धान तथा तहकिकातको
कार्य सम्पन्न भई मुद्दा दायर गर्नु पर्ने देखिएमा
अनुसन्धान अधिकृतले आफ्नो राय - सहित
अनुसन्धानसँग सम्बन्धित सबुद र प्रमाण संलग्न
मिसिल मुद्दा चल्ने वा नचल्ने निर्णयको लागि
सम्बन्धित सरकारी वकील कार्यालय समक्ष पेश गर्नु
पर्नेछ।
(२) उपदफा (१) बमोजिमको मिसिल प्राप्त भएकोमा सम्बन्धित -सरकारी वकील कार्यालयले उक्त विषयमा मुद्दा नचल्ने भए सोही व्यहोरा उल्लेख गरी र मुद्दा चलाउनु पर्ने अए मुद्दा चलाउनु पर्ने व्यक्ति तथा निज उपरको अभियोग, सजाय र अभियोगपत्रमा लिनु पर्ने दाबी, दफा २३क. बमोजिम छुट दिनु पर्ने भए सो समेत उल्लेख गरी अनुसन्धान अधिकृत समक्ष मिसिल फिर्ता पठाउनु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी वकीलको कार्यालयले प्राप्त मिसिल अध्ययन गर्दा सो विषयमा थप अनुसन्धान गर्नु पर्ने देखिएमा थप अनुसन्धान गर्नु पर्ने, विषयवस्तु यकीन गरी मिसिल प्राप्त भएको मितिले तीस दिनभित्र सोको आधार र कारण संहित अनुसन्धान अधिकृत समक्ष मिसिल फिर्ता पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम कुनै विषयमा थप अनुसन्धान गर्ने गरी मिसिल प्राप्त भएको मितिले साठी दिनभित्र अनुसन्धान अधिकृतले सो विषयमा थप अनुसन्धान गरी मुद्दा दायर गर्न प्रस्तावित अभियोगको मागदाबी सहितको मिसिल पुनः सरकारी वकीलको
कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम -मिसिल प्राप्त भएपछि सम्बन्धित सरकारी वकील कार्यालयले उपदफा (२) बमोजिम मुद्दा चल्ने-वा नचल्ने निर्णय गरी अनुसन्धान अधिकृत समक्ष मिसिल फिर्ता पठाउनु पर्नेछ।
(६) उपदफा (२) वा (५) बमोजिम सरकारी वकील कार्यालयबाट मुद्दा चल्ने निर्णय भई मिसिल प्राप्त भए पछि अनुसन्धान अधिकृतले तीस दिनभित्र नेपाल सरकारको नामबाट मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्नेछ।
(७)- यस ऐन बमोजिम मुद्दा दायर गर्दा बरामद भएको मालवस्तु वा दशीको नमूना (स्याम्पल) मात्र पेश गर्नु पर्नेछ।
तर कृषि उपज, सडिगली जाने मालवस्तु वा लिलाम भइसकेको मालवस्तुको नमूना (स्याम्पल) पेश गर्नु पर्ने छैन।